काठमाडौं, । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको अन्यसम्ममा एक अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । कोभिड महामारीको अवस्थामा पनि सवल व्यवस्थापकीय टिमका कारण कम्पनीले नयाँ रेकर्ड कायम गर्दै अर्ब क्लबमा प्रवेश गर्न सफल भएको हो ।
कम्पनी संचालक समितिका अध्यक्ष रविभक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल नेतृत्वकोे टिमले पहिलो वर्षमा नै अर्ब क्लवमा प्रबेश गर्न सफल भएको छ । उपासनाको क्षमता र अनुभवले इन्स्योरेन्स माथि उठ्ने अध्यक्ष श्रेष्ठको विश्वास थियो । त्यही कारण उनले डेपुटी सीईओमा उपासनालाई भित्र्याएका थिए । पछि उनलाई नै सीईओ बनाइएको हो ।
अघिल्लो आर्थिक वर्षमा ६९ करोड बीमाशुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । गुणस्तरिय सेवा विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलाप मार्फत सफलता हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।