Tuesday, December 3Nepal News Portal
Shadow

मानुषी लघुवित्त र सानिमा लाईफ इन्स्योरेन्सले पाए आईपीओ निष्कासन गर्न बोर्डको अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र सानिमा लाईफ इन्स्योरेन्सलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ ।
दुईओटै कम्पनीलाई आईपीओ निष्कासन गर्नका लागि बोर्डका सह – प्रबक्ता रुपेश केसीले बिहीबार अनुमति दिएको बताएका हुन् ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई बोर्डले रू. ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कानका लागि अनुमति दिएको हो ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआर्ई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

त्यस्तै, सानिमा लाईफ इन्स्योरेन्सले रु. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डबाट अनुमती पाएको छ ।
सानिमा लाईफको आईपीओ विक्री प्रबन्धकमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्