काठमाडौं । नेरुडे लघुवित्तको प्रवन्ध संचालक सुधिर कुमार श्रेष्ठले राजिनामा दिएका छन् ।
असार ३१ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा आजदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख रहेको छ ।
यसका साथै, सोही बैठकले कम्पनीको नायब महाप्रबन्धक भागनारायण साहुलाई साउन आजदेखिनै लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको पनि सूचनामा उल्लेख रहेको छ ।