काठमाडौं । मेरो माइक्रोफाइन्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ ।
कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धीत सेयरधनीको डिम्याट खातामा १६.९४ प्रतिशत सेयर जम्मा गरिदिएको हो ।
कम्पनीले असार ३० गते उक्त बोनस बापतको १४ लाख ४८ हजार ६०० कित्ता सेयर सूचीकृत गराएको हो ।
बिहीबारदेखि कारोबार योग्य हुने यो सेयर सम्बन्धीत सेयरधनीले आफ्नो डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न पाउँनेछन् ।
कम्पनीले गत पुस २८ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।
बोनस सेयर कर प्रयोजनका लागि ०. ८९ प्रतिशत नगद लाभांश प्रस्ताव समेत कम्पनीले सोही सभाबाट पारित गरेकाले सेयरधनीहरुले बोनस बापतको कर तिर्नुपर्ने छैन ।
कम्पनीको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।