Wednesday, September 18Nepal News Portal
Shadow

नयाँ आर्थिक वर्षको सुरुवातिमै शेयर बजारमा उछाल, ११ अर्ब ६३ करोडको कारोबार


काठमाडौं । चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो कारोबार दिन आइतबार शेयर बाजरमा उछाल आएको छ । बजार ९७ अंकले वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक ९७.२१ अंकले वृद्धि भएर २९८०.६१ विन्दुमा रोकिएको छ । बजार ३।३७ प्रतिशतले वृद्धि भएको छ । ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १९.५५ अंकले वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्स आज ५६०.९५ विन्दुमा रोकिएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको हो । आज विकास बैंक र बैंकिङ समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । विकास बैंक समूह ५ प्रतिशत र बैंकिङ समूह ४ प्रतशितले वृद्धि भएको छ ।

साताको पहिलो दिन ११ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि समृद्धि फाइनान्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर ५१५ रुपैयाँ कायम भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्