Saturday, December 2Nepal News Portal
Shadow

प्रभु इन्स्यारेन्सको १० प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा


काठमाडौं । प्रभु इन्स्यारेन्सको लिमिटेडले आफ्ना सेयरधनीहरुको डिम्याट खातामा १० प्रतिशत बोनस सेयर जम्मा गरेको छ ।

कम्पनीले बैशाख २५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा १० प्रतिशतका दरमा बोनस सेयर जम्मा गरेको हो । सो अवधिसम्म भौतिक सेयर प्राप्ता गरेका सेयरधनीहरुलाई कम्पनीले सेयर अभौतिकीकरण गराई आफ्नो खाताको विवरण बुझाउन अनुरोध गरेको छ ।

कम्पनीको जेठ ६ गते सम्पन्न भएको २५ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
उक्त बोनस सेयर रजिष्ट्रार प्रभु क्यापिटलको वेवसाइट बाट पनि प्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।

 

Total Page Visits: 922 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्