काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो साधारण सभा साउन २३ गते बस्ने भएको छ ।
उक्त सभा कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंमा दिउँसो ३ बजे गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले उक्त सभा कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।
सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ ।
यसका साथै, सभामा आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५ /७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान, हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचि एन्एफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गर्ने एजेण्डा रहेको छ ।
त्यस्तै, सभामा आर्थिक वर्ष ०७६/७७ को लागि वर्तमान लेखापरीक्षक हरि मणि आचार्य,एच.आचार्या एण्ड स्शोसियट्स चार्टर्ड एकाउन्टेण्टलाई पुनः नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले सञ्चालक नियुक्तिको विषय पनि अनुमोदन गर्ने भएको छ ।
कम्पनीको सेयर रजिष्ट्रार कार्यालयमा अभिलेख रहेको सेयर लागतको आधारमा सेयरधनीहरुको रेकर्ड कायम गरी सभाहलमा उपस्थित गराउने जानकारी गराएको छ ।