Monday, November 27Nepal News Portal
Shadow

चितवनमा तिहारको समयमा देउसीभैलो खेल्न नपाइने


काठमाडौं,कार्तिक २६ (ससं) । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको छ।

कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो।

१४ बुँदे सो योजनाअन्तर्गत बुँदा नम्बर ३ मा भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकुदलगायतका क्रियाकलाप सञ्चालन नगर्न अनुरोध गरिएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा लागू नभए पनि महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताए।

आवागमन तथा जमघटले कोरोना सङ्क्रमण उच्च हुने जोखिम रहेकाले चाडपर्व मनाउँदा एकाघरमा बसेर मनाउन प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आग्रह गरेका छन्।

Total Page Visits: 483 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्