Tuesday, December 3Nepal News Portal
Shadow

७ अर्ब लगानीमा जगदम्बा स्टिलले सुरु गर्यो रङ्गीन जस्तापाता उत्पादन



काडमाडौं । बाराको सिमरामा रहेको जगदम्बा स्टिल्स उद्योगले ७ अर्ब रुपैयाँ लगानीमा जस्तापाता उद्योग स्थापना गरी सञ्चालनमा ल्याएको छ । उद्योगले रङ्गीन जस्तापाता र सादा जस्तापाता उत्पादन शुरु गरेको जनाइएको छ ।

सिमरामा फलामे छड (डण्डी) उत्पादन गर्दै आएको सो उद्योगले आजदेखि जस्तापाता उत्पादन र बिक्री शुरु गरेको हो । शङ्कर समूहद्वारा सञ्चालित उक्त उद्योगले अत्यन्त आधुनिक प्रविधिबाट जगदम्बा (सुपर साइन) रङ्गीन जस्तापाता तथा जगदम्बा (ग्याल्भप्लस) सादा जस्तापाता उत्पादन शुरु गरेको समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए ।

उद्योगको डिजाइन र मेसिन जडानलगायत प्राविधिक कार्य कमिसनिङ कम्पनीका उपाध्यक्ष प्रभात मिश्रले गरेको बताइएको छ । नेपालको पहिलो पूर्ण स्वाचालित गाल्भ्ल्युमलाइन प्रविधिबाट ठुलो मात्रामा उत्पादन हुने रङ्गीन जस्तापाता र सादा जस्तापाता अन्य साधारण जस्तापाताको तुलनामा अत्यधिक मजबुत, भरपर्दो तथा टिकाउ रहेको उद्योगको जिकिर रहेको छ । रासस

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्