काठमाडौं । स्थानीय बजारमा मंगलबार (आज) पनि सुनको मूल्य बढेको छ ।
सुन चाँदी व्यवसाय महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर १ हजार २८० रुपैयाँ कायम भएको छ ।