Tuesday, December 3Nepal News Portal
Shadow

शेयर बजारमा सामान्य करेक्सन, ७ अर्ब ८९ करोडको कारोबार



काठमाडौं । मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य करेक्सन आएको छ । लगातार उकालो लागेको बजार आज ९.०१ अंकले घटेर बन्द भएको हो । परिसूचकमा दिनभरी नै उतारचढाव आएर २९८५ विन्दुमा रोकिएको छ ।
आज २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजारभन्दा बढी कित्ता शेयर ७ अर्ब ८९ करोड ७५ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्विटी फण्ड, बरुण हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपाल लिमिटेडको भएको छ । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डको इकाई मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने बरुण र माउन्टेन हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको छ ।
आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री अरुण कावेली पावर लिमिटेडको भएको छ । यो कम्पनीको ३८ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य ५३३ रुपैयाँ कायम भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्