Tuesday, April 23Nepal News Portal
Shadow

मैलुङ खोला जलविद्युतले साउन १४ गतेदेखि आईपीओ निष्काशन गर्ने


काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि साधारण सेयर आइपिओ निष्काशन था बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले सो दिनदेखि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासन गर्ने भएको छ । जसमध्ये १४ हजार ७२६ कित्ता सेयर कर्मचारीहरुका लागि र ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । र, बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्ने छ ।

उक्त आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरको लागि सर्वसाधारणले साउन १४ गतेदेखि साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

Total Page Visits: 854 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्