Wednesday, December 6Nepal News Portal
Shadow

भोलीदेखि लामो दूरीका यातायात सञ्चालन गर्न पाइने


काठमाडौं । साउन ९ गते शनिबार (भोली) देखि लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालन गर्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौले शनिवारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको हो ।

उक्त कार्यालयले यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रवार (आज) एक सूचना जारी गरी त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिइएको बताएको छ ।

साथै यात्रा गर्ने यात्रुहरुले अनिवार्यरुपमा टिक काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।

Total Page Visits: 816 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्