Thursday, May 23Nepal News Portal
Shadow

लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी आजदेखि चल्न थाले


काठमाडौं । शनिबार (आज) देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण गत वैशाख १६ देखि बन्द रहेका लामो तथा मध्यम दूरीका सवारी साधनहरु आज बिहानैदेखि काठमाडौं प्रवेश गरिरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार मात्रै सूचना जारी गर्दै लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएको थियो । यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौं उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो।

Total Page Visits: 393 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्