Thursday, January 23Nepal News Portal
Shadow

लगातार उच्च विन्दु कायम गर्दै नेप्से परिसूचक


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक हाल सम्मकै उच्च विन्दु कायम गरेको छ । यस अघि साउन ४ गते ३०३२ विन्दुसम्म पुगेर घटेको बजार आज भने नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । त्यसअघि जेठ ३१ गते २०२५ विन्दुमा पुगेको थियो भने आज परिसूचक ३०५८.६४ विन्दुमा रोकिएको छ। आज नेप्से परिसूचक ५४ अंकले वृद्धि भएको छ ।

आज २२३ कम्पनीको ४ करोड ४१ लाख १४ हजार भन्दा बढी कित्ता शेयर १४ अर्ब ३० करोड रुपैयाँमा खरिद विक्री भएको छ ।

आज ९ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । जसमध्ये ७ वटा हाइड्रोपावर कम्पनी रहेका छन् । आज बैंकिङ समूहको परिसूचक वृद्धि भएको । बैंकिङ समूहको परिसूचक ३.४३ प्रतिशतले वृद्धि भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये दुई वटा समूहको परिसूचकमा कमी आएको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि भएको छ । परिसूचक घट्नेमा होटल तथा पर्यटन समूह ०।६२ प्रतिशत र म्युचुअल फण्ड समूह १।२९ प्रतिशत रहेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्