Tuesday, June 18Nepal News Portal
Shadow

करण चौधरीद्वारा नाडाको अध्यक्षको उम्मेद्वारी घोषणा


काठमाडौं । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एसोसिएसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । नाडा सातवटै प्रदेशमा विस्तार भइसकेको अवस्थामा सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रूपमा दरिलो रूपमा अगाडि बढाउने उद्देश्यका साथ उम्मेद्वारी दिएको चौधरीले बताएका छन् । चौधरी हाल नाडाको उपाध्यक्ष हुन् ।

अटोमोबाइल व्यवसाय भनेको सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूलो संख्यामा रोजगार प्रदान गर्ने व्यवसाय भएको हुनाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउन सरकारको नीतिगत रूपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम गर्नेसमेत उद्देश्य रहेको उनले स्पष्ट पारेका छन् ।

उनले कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोबाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थानसँगै यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको उनले बताए ।

Total Page Visits: 1022 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्