Monday, September 16Nepal News Portal
Shadow

नेप्से परिसूचक उच्च विन्दुमा, १५ अर्बभन्दा बढीको शेयर कारोबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेर बन्द भएको छ । गत कारोबार दिन ८ अंकले करेक्सन भएर बन्द भएको परिसूचक मंगलबार भने हालसम्मकै उच्च विन्दु ३०७९.६७ मा पुगेर बन्द भएको छ ।
आज परिसूचन २९.२४ अंकले वृद्धि भएरको छ । त्यस्तै कारोबार रकम पनि वृद्धि भएको छ । हिजो १४ अर्ब रुपैयाँको शेयर कारोबार भएकोमा आज १ अर्ब रुपैयाँभन्दा बढीले करोबार रकम वृद्धि भएको हो । आज २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार कित्ता शेयर १५ अर्ब १७ करोड रुपैयाँमा खरिद विक्री भएको छ ।
आज कारोबारमा आएका १३ समूहमध्ये ४ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि उत्पादन तथा प्रशोधन समूहको भएको छ । यो समूहको ४.७४ प्रतिशतले परिसूचक वृद्धि भएको छ । परिसूचक घट्नेमा बैंकिङ समूह ०.१७ प्रतिशत उद्योग समूह ०.०६ प्रतिशत, होटल तथा पर्यटन समूह ०.५१ प्रतिशत र लघुवित्त समूह २.०६ प्रतिशतले घटेको छ ।
आज ६ वटा कम्पनीको १० प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ । १० प्रतिशतले शेयर मूल्य वृद्धि हुनेमा मल्टिप्रपोज फइनान्स कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र घलेम्दी हाइड्रो लिमिटेड रहेका छन् ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । यो कम्पनीको ४९ करोड १५ लाख ५० हजार रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य १०५४ रुपैयाँ कायम भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्