काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २५ प्रतिशत नगद लाभांशपछि लक्ष्मी उन्नति कोषको मूल्य समायोजन गरेको छ । नेप्सेले उक्त कोषको मूल्य समायोजन गरी प्रति इकाई १२ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।
यसअघि कोषको प्रति इकाई मूल्य १५ रुपैयाँ १२ पैसा रहेको थियो ।
कोषको मंगलबारसम्म इकाई खरिद गर्नेहरुलाई २५ प्रतिशत नगद लाभांश प्राप्त गर्न सक्ने छन् । नगद लाभांश प्रयोजनका लागि साउन १३ गते (आज) कोषको बुक क्लोज हुने छ ।