काठमाडौं । बुधबार (आज) नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु ३११२ मा पुगेर फर्किएको छ । बजार बन्द हुँदा गत कारोबारको तुलनामा १५.३० अंक वृद्धि भएर आजसम्मकै उच्च विन्दुमा ३०९४.९४ विन्दुमा बन्द भएको छ । हिजो परिसूचक ३०७९ विन्दुमा बन्द भएको थियो ।
आज २१९ कम्पनीको १३ अर्ब २९ करोड १९ लाख रुपैयाँमा २ करोड ८१ लाख ७० हजार कित्ता शेयर खरिद विक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये ४ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि होटल तथा पर्यटन समूहको ७.०९ प्रतिशत भएको छ । त्यसैगरी निर्जीवन बीमा समूहको ३.०८ प्रतिशत र फाइनान्स समूहको परिसूचक २.६३ प्रतिशतले वृद्धि भएको छ ।
परिसूचक घट्नेमा बैंकिङ समूह ०.८७ प्रतिशत, हाइड्रोपावर समूह १.४७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.५५ प्रतिशत र म्यूचुअल फण्ड समूह ०.०५ प्रतिशत रहेका छन् ।
आज सर्वाधिक शेयर मूल्य घट्नेमा हाइड्रोपावर कम्पनीहरु रहेका छन् । अधिकांश हाइड्रोपावर कम्पनीहरुको शेयर मूल्य आज घटेको छ ।
सर्वाधिक शेयर मूल्य वृद्धि नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, मल्टिप्रपोज लिमिटेड र चन्द्रागीरी हिल्स लिमिटेडको भएको छ । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
सर्वाधिक मूल्यको शेयर खरिद विक्री यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको भएको छ । यो कम्पनीको ३८ करोड ६१ लाख रुपैयाँको खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य ४८६ रुपैयाँ कायम भएको छ ।