Wednesday, September 18Nepal News Portal
Shadow

भुटानले लगायो एक सातामै जनसंख्याको ९० प्रतिशत खोप



काठमाडौं । भुटानले एकसातामै कूल जनसंख्याको ९० प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाएको छ । कूल ७ लाख ७० हजार जनसंख्या भएको भुटानमा खोप अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मीले देशव्यापी खोप आपूर्तिमा सघाएका थिए । बालबालिका सम्बन्धी राष्ट्रसंघीय नियोग युनिसेफले यसलाई सफलताको कथा र आशाको किरण भएको बताएको छ ।

भुटानले दोस्रो डोज खोप लगाउने अभियान अन्तर्गत दुर्गम भेगमा हेलिकेप्टरमार्फत खोप आपूर्ति गरेको थियो । मंगलबारसम्म कूल खोप लगाउने लक्षित जनसंख्या ५ लाख ३० हजारमध्ये ४ लाख ८० हजारलाई खोप लगाइएको विभिन्न सञ्चार माध्यममा उल्लेख छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्