Wednesday, April 24Nepal News Portal
Shadow

बुधबार ३८४० जना कोभिड संक्रमित थपिए, ३३ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा ३८४० जना कोभिड–१९ का बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ८०८ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बुधबार थप ३३ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण पुष्टि हुने दर पनि बढ्दै गएको छ । आज २४.२ प्रतिशतले संक्रमणदर वृद्धि भएको हो ।

पछिल्लो २४ घण्टामा १९९३ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा ८५९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५५९, भक्तपुरमा ९४ र ललितपुरमा २०६ जना संक्रमित थपिएका छन् ।

आज सक्रिय संक्रमित संख्या २९ हजार ८४४ रहेको मन्त्रालयले जनाएको छ ।

Total Page Visits: 912 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्