Saturday, July 13Nepal News Portal
Shadow

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ निष्काशनमा प्रभु क्यापिटल



काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । साउन १४ गते भएको सम्झौतामा मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक शेयर निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो । मकर जितुमाया सुरी हाइड्रोपावरका कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकालीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
कम्पनीले प्रारम्भिक शेयर निष्काशनका लागि कुल जारी पूँजी ७६ लाखको ३० प्रतिशत अर्थात २२ लाख ८० हजार कित्ता प्रारम्भिक शेयर निष्काशन गर्ने भएको छ । जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ करोड २० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।
सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्