काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ खुल्ला भएको पहिलो दिनमै २.२२ गुणा बढी आवेदन परेको छ । पहिलो दिन बैकिङ समयसम्ममा १ करोड २० लाख १८ हजार २६० कित्ताका लागि आवेदन परेको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ७ लाख २८ हजार ८४० आवेदकहरुबाट १ अर्ब २० करोड १८ लाख २६ हजार रुपैयाँ शूल्क जम्मा भएको छ ।
कम्पनीले बुधवारदेखि ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीको लागि, ३ लाख कित्ता कर्मचारीको लागि र बाँकी रहेको ५४ लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो । उक्त आईपीओमा आवेदकले न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गरेको आईपीओमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले इक्रा एनपि त्रिपल रेटिङ प्रदान गरेको हो ।यस्तो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत रहेको देखाँउछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँट पछि कम्पनीको पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।