Tuesday, September 17Nepal News Portal
Shadow

छिमेकीलाई जवरजस्तीकरणीको आरोपमा नुवाकोटका शिक्षक नेपाल पक्राउ


नुवाकोट । जवरजस्तीकरणीको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा ५ लामचौर स्थित इन्द्रेश्वरी आधारभुत विद्यालयका शिक्षक अर्जुन नेपाल पक्राउ परेका छन् । छिमेकी एक महिलालाई जवरजस्तीकरणी गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले उनलाई गएको बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका नेपाललाई म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि ओलीले जानकारी दिए । नेपालका परिवारका सदस्यले पिडितलाई मिलापत्र गर्न दबाव दिएको गुनासो छ । उनका भाई गोकर्ण नेपालले आर्थिक प्रलोभन सहित मिलापत्रका लागि पिडित महिला र उनको परिवारलाई दबाव दिएको पिडित पक्षको गुनासो छ । बलात्कारका घटनामा मेलमिलाप गराउने र गर्न दबाव दिनेलाई पक्राउ गरी मतियारको रुपमा कारबाही गर्ने व्यवस्था विद्यमान कानुनले गरेको छ ।

‘घटना बाहिर आए लगत्तै गोकर्णले उनका दाजुलाई पुरुषोत्तम लामिछाने र अर्का एकजनालाई साथ लगाएर काठमाडौं भगाएका थिए,’ एक स्थानीयले भने, ‘पछि पुनः गाउँफर्काएपछि टोलछिमेकले जुत्ताको माला लगाउने भनेपछि पुनः गोकर्णले त्रिशुली लगेर राखेका थिए अहिले प्रहरी हिरासतमा छन् ।’
उसो त काठमाडौं ल्याएका बेला नेपाललाई पाटन अस्पतालमा उनको मानसिक स्वास्थ्य जाँच समेत गरिएको एक विशेष स्रोतले जनाएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्