Saturday, April 13Nepal News Portal
Shadow

कक्षा १२ को परीक्षा स्थगित, १५ दिन अगाडि सूचना जारी गरेर जानकारी दिईने


काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्ड सञ्चालक सचितिको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित गरिएको बताइएको छ । परीक्षा हुनुभन्दा पन्ध्र दिन अघि सूचना जारी गरेर परीक्षाको जानकारी दिने निर्णय भएको छ ।

यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो ।

Total Page Visits: 1233 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्