काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले र भक्तपुर नगरपालिका वडा नं. ४ गःहिति, लैको, टौमढीमा न्यातापोल कर्नर टीमको ३८औं वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सेहि टिमद्वारा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा विशेष रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन कार्यक्रममका प्रमुख अतिथि कर्माचार्यले रक्त संकलन थैली हस्तान्तरण गरि उद्घाटन उरेका थिए । रक्तदान कार्यक्रमको सभापतित्व क्लवका अध्यक्ष मुक्तिसुन्दर जधारीले गरेका थिए । सो रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ४२ जनाले रक्तदान गरेका थिए । स्वयंसेवी तवरले रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई कार्यक्रमका प्रमुख अतिथि स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले प्रशंसा–पत्र बितरण गरेका थिए ।