Saturday, November 25Nepal News Portal
Shadow

कुटो प्रहार गरी श्रीमतीको हत्या,


काठमाडौं, २७ कार्तिक (ससं) । बाँकेमा हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका वडा नम्बर–८ बर्गदीका ५२ वर्षीय चक्रबहादुर लोहार रहेका छन्। आफ्नै श्रीमती ४५ वर्षीया रती सुनारको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
उनले बुधबार दिउँसोे घरायसी विवादका कारण फलामको कुटोले रतीको टाउकोमा प्रहार गरेका थिए।
गम्भीर घाइते उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। श्रीमतीको हत्या आरोपमा चक्रबहादुरलाई इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

Total Page Visits: 406 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्