Tuesday, June 18Nepal News Portal
Shadow

सानिमा लाईफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । विक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार आज बैंकिङ समयसम्म आईपीओमा ओवेदन दिन सकिने छ । कम्पनीले असार २० गतेदेखि ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीको लागि, ३ लाख कित्ता कर्मचारीको लागि र बाँकी रहेको ५४ लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

उक्त आईपीओमा आवेदकले न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले इक्रा एनपि त्रिपल रेटिङ प्रदान गरेको हो ।यस्तो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत रहेको देखाँउछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँट पछि कम्पनीको पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

Total Page Visits: 1446 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्