Tuesday, December 3Nepal News Portal
Shadow

स्थानीय सीप प्रयोग गरी सञ्चालनमा आएका उद्योगलाई आर्थिक विकासमा जोड दिनुपर्छ : अध्यक्ष प्याकुरेल


काठमाडौं । स्थानीय सीप र श्रमको प्रयोग गरी सञ्चालन गरेको उद्योगलाई आर्थिक विकासमा समाहित गर्नुपर्ने उद्योग संगठनका अध्यक्ष सुयोस प्याकुरेलले बताएका छन् । सोमबार उद्योग संगठन मोरङ, आर्थिक संयोजक समितिको आयोजनामा महिला उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुर्याउने महिला वित्ती अधिकार सम्वन्धी अभिमूखिकरण कार्यक्रममा बोल्दै प्याकुरेलले महिला उद्यमशीलता प्रवद्र्धन, विकास एवं विस्तारका साथै क्षमता वृद्धि गराई विकासको मूल प्रवाहमा महिला उद्यमीहरुको सहभागिता अभिवृद्धि गराउने गराउनुपर्नेमा जोड दिए ।

महिला सशक्तिकरणका माध्यमबाट जीवनस्तरमा सुधार ल्याई उनीहरुलाई उद्यमशीलतामा आकर्षित गर्न सरकारका विभिन्न निकायहरुबाट प्रदान गरिएका सुविधाहरुमा महिला उद्यमीहरुको पहुँच सुनिश्चीत हुने वातावरण तयार गर्न सबैको उत्तरदायित्व भएको अध्यक्ष प्याकुरेलले बताए ।

आर्थिक संयोजन समितिका संयोजक पारस लुनियाले परिवर्तित नीति नियम र बजार प्रणालीका कारण महिला उद्यमीहरुको सोच र सृजनात्मकताले विभिन्न समस्याको सामना गर्नुपरेको बताए । उनले व्यवसाय सञ्चालन गर्ने क्रममा आईपर्ने प्रकृयागत अप्ठ्याराहरुमा सहजीकरण गर्न संगठनले आगामी दिनमा सहयोगी डेस्क स्थापना गर्ने जानकारी दिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै चार्टड एकाउन्टेन्ट पियूष लुनिया र प्रतिश अग्रवालले महिलाहरुले उद्यमशिलता प्रारम्भ गर्नुपूर्व सरकारको नीति, महिलाहरुको लागि प्रदान गरिएका सेवा तथा सुविधाहरु लगायतका विषयमा जानकारी राख्नु पर्ने बताए ।

कार्यपत्र प्रस्तुतीकरणको क्रममा उनीहरुले सामाजिक, राजनीतिकका साथै उद्यमशिलता विकास, स्वरोजगार तथा आयआर्जनतर्फ पनि महिलाहरुले आफुलाई सशक्त बनाउदै लैजानु पर्ने विचार व्यक्त गरे ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्