काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर एउटा बैंकबाट ४ करोडसम्म कर्जा लिन पाइने सिमा तोकेको छ । राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड पाउने र उसले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था गरेको हो ।
ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिने छ ।
राष्ट्र बैंकले सेयरधितो कर्जामा ६५ प्रतिशतको धितोको सिमालाई यथावत राखेको छ । यो व्यवस्थाले शेयर धितो लिएर लगानी गर्ने ठूला ऋणी प्रभावित हुने छन् ।