काठमाडौं । स्थानीय बजारमा साताको पहिलो कारोबार दिन आइतबार (आज) सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ हजार रुपैयाँले बढेर प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै , सुनको मूल्य वृद्धि भएसँगै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार २०५ रुपैयाँ कायम भएको छ ।