काठमाडौं । नेशनल मर्चेण्ट बैंकर लिमिटेडको आठौं वार्षिक साधारण सभा भदौ १२ गते बस्ने भएको छ । कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा कम्पनीको कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ९ बजेका लागि बस्ने निर्णय गरेको हो । सभाले आफ्ना सेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाको अन्य प्रस्तावमा विद्यमान सञ्चालक समिति सदस्यहरुको पदावधि सकिएकोले नयाँ सञ्चालक समिति चयन गर्ने, कम्पनीको चुक्तापूँजी वृद्धि गर्नका लागि सञ्चालक समितिले गरेको व्यवस्था अनुरुप समझदारी पत्रको अनुमोदन गर्ने पनि रहेको छ ।
त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।