काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आइतवार (आज) अन्तिम दिन रहेको छ ।
साउन २७ गते बुधवारदेखि बिक्री खुल्ला भएको उक्त आइपिओमा मागभन्दा ६५. २० गुणा बढी आवेदन परिसकोले छिटो अवधि साउन ३१ गतेसम्म मात्र बिक्रीमा रहने भएको हो ।
कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सार्वजनिक निष्कासन निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।
सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ विक्री गर्न लागेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । यो आइपीओ खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ ।
आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाख कार्यालयहरु बाट आवेदन दिन सकिनेछ ।
यसका साथै मेरो सेयरको सफ्टवेयर र मेरो सेयर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।