Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
नेप्से २४.८८ अंकले गिरावट, कारोबार रकमले बनायो नयाँ रेकर्ड – Udhyognews.com
Monday, April 21Nepal News Portal
Shadow

नेप्से २४.८८ अंकले गिरावट, कारोबार रकमले बनायो नयाँ रेकर्ड


काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा २१ अर्ब ६४ करोड ७६ लाख बराबरको करोबार भएको हो । यो कारोबार हालसम्मकै उच्च हो ।

आज नेप्से परिसूचक भने २४.८८ अंकले घटेर ३ हजार १५४ अंकमा रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १.९० अंकले घटेर ५८९.२८ अंकमा रोकिएको छ ।
आज १३ ओटा उपसमूहमध्ये ३ ओटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी रहेका १० ओटा उपसमूहको परिसूचक घटेको छ ।

कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेडले सर्वाधिक हिस्सा ओगटेको छ । यसको आज १ अर्ब ५४ करोड ६ लाख ७८ हजार ८१५ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र आईसीएफसी फाइनान्स कम्पनी रहेका छन् ।

आज खानीखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ३८ रुपैयाँले बढेर प्रतिकित्ता ४१८ रुपैयाँ ,जीवन विकास लघुवित्त वित्तिय संस्थाको सेयरमूल्य २४२.५ रुपैयाँले बढेर प्रतिकित्ता २६६८ रुपैया, युनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य ७७.७० रुपैयाँले बढेर प्रतिकित्ता ८५४.७० रुपैयाँ र आईसीएफसी फाइनान्स कम्पनीको ८९ रुपैयाँले बढेर प्रतिकित्ता १ हजार २० रुपैयाँ पुगेको छ ।

आज कूल २२२ ओटा कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्