Friday, May 24Nepal News Portal
Shadow

तेह्रथुप पावर कम्पनीले भदौ ९ गतेदेखि आईपिओ बिक्रीमा ल्याउने


काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि भदौ ९ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्ने कुल सेयरमध्ये २ प्रतिशत कर्मचारीहरुलाई, ५ प्रतिशत सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणल आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा आवेदक दिने मिति छिटोमा भदौ १३ गते र ढिलोमा भदौँ २३ गते सम्म रहेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

Total Page Visits: 738 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्