Thursday, December 5Nepal News Portal
Shadow

न्यादी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुल्ला


काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आज देखि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा संस्थापक सेयर धनीहरुका लागि प्रतिसेयर रू. १०० अंकित मूल्यका दरले कुल १८ लाख कित्ता आईपिओ बिक्री खुल्ला गरेको हो ।

कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानीय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर बिक्री गरेको हो ।

बाँकी रहेको ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक सेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीहरुका लागि बिक्री गरेको छ ।
उक्त आइपिओमा आवेदन दिने मिति छिटोमा भदौ १५ गते र ढिलोमा भदौ ३० गतेसम्म रहेको छ ।

आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोर्लेटार, सुन्दरबजार र भोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीका संस्थापक सेयरधनीहरु संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरीदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्