Sunday, May 19Nepal News Portal
Shadow

नेप्से परिसूचक ३१६०.३१ विन्दुमा, १८ अर्बभन्दा बढीको शेयर कारोबार


काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएर बन्द भएको छ । परिसूचक ०.२३ अंकले वृद्धि भएर ३१६०.३१ विन्दुमा रोकिएको हो । आज १८ अर्ब २० करोड ४९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार कित्ता शेयर खरिद विक्री भएको छ ।

आज १२ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री अपि पावर कम्पनीको भएको छ । यो कम्पनीको ८६ करोड ३८ लाख २४ हजार रुपैयाँको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको शेयर मूल्य ६४० रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ६ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाकी समूहको परिसूचक घटेको छ ।

Total Page Visits: 999 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्