Saturday, November 25Nepal News Portal
Shadow

३८.२८ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम २१ अर्ब भन्दा माथि


काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार (आज ) सेयर बजार ३ हजार १९८.६० अंकमा पुगेको छ । आज नेप्से परिसूचक ३८.२८ अंकले बढेर ३ हजार १९८.६० अंकमा रोकिएको छ भने सेन्सेटिभ इन्डेक्स पनि ४.८३ अंकले बढेर ५९८.११ अंकमा रोकिएको छ ।

आज १३ ओटा उपसमूहमध्ये ११ ओटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी रहेका २ ओटा उपसमूहको परिसूचक घटेको छ ।

कारोबार रकमको आधारमा नेसनल हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वाधिक हिस्साँ आगटेको छ । यो कम्पनीको आज ७८ करोड ८७ लाख ३ हजार ५्२० रुपैयाँ बराबको सेयर खरिद बिक्री भएको हो ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ९ ओटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सेयरमूल्य उच्च बृद्धि हुने कम्पनीहरुमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण काबेली पावर, शिवम् सिमेन्ट, जीवन विकास लघुवित्त वित्तिय संस्था,गुडवील फइनान्स कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक र एनआरएन इनफाइन्ट्रक्चर डेभलपमेन्ट कम्पनी रहेका छन् ।

आज कूल २२८ ओटा कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Total Page Visits: 479 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्