Thursday, July 17Nepal News Portal
Shadow

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका सिईओ साउदलाई कारबाही गर्न निर्देशन



काठमाडौं, ४ भदौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई कारबाही गर्न संसदको अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ । पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै समितिले तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।
सर्वोत्तम सिमेन्टको शेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले परिवारका सदस्यहरुको नाममा खरिद गरेर पदीय आचारण विपरीत काम गरेको भन्दै चर्को आलोचना भइरहेका बेला समितिले तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताइएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्