Sunday, May 19Nepal News Portal
Shadow

प्रेमसागर कर्माचार्यद्वारा १६७ औं पटक रक्तदान


 

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी रक्तदाता शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६७ औं पटक रक्तदान गरेका छन् । शनिबार न्यू एक्टिभिटिज क्लबद्वारा खत्रीपैवा, धुनिबेसी–४, धादिङ्गमा आयोजित रक्तदान कार्यक्रममा कर्माचार्यले १६७ औं पटकको रक्तदान गरेका हुन् । उनले यसअघि नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं–२४ नगर समितिले गरेको रक्तदानमा समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १६६ औं पटक रक्तदान गरेका थिए ।

कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि उनी सक्रिय छन् ।

कार्यक्रमको शुुभारम्भ कर्माचार्यले गरेका थिए भने अन्य महिला तथा पुरूष गरि ३५ जनाले रक्तदान गरेका थिए । त्यसैगरी कर्माचार्य र स्वास्थ्य सेवा बिभाग नेपाल रेडक्रस सोसाइटीका निर्देशक डा.मनिता राजकर्णिकारले रक्तदाताहरुलाई प्रशंसा–पत्र वितरण गरेका थिए ।

Total Page Visits: 1459 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्