काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सोमवार (आज) विहान बाँडफाँट भएको छ ।
कम्पनीको आईपीओमा २३ लाख ६१ हजार ८२७ जनाको आवेदन परेकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ भने २३ लाख ५४ हजार ७८४ जना आवेदकहरुमा गोलप्रथाको माध्यमबाट पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ३६ हजार ८५९ जनाले शेयर पाएका छन् ।यसरी बाँडफाँट गरी बाँकी रहेको ३ कित्ता शेयर भने यी योग्य आवेदकहमध्यबाटै तीन जनाले थप एक कित्ताका दरले कुल ११ कित्ता शेयर हात पारेका छन् ।
कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ वितरण गरेको हो । कुल कित्तामध्य ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।
उक्त आइपिओ विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंक रहेको थियो ।