Monday, February 10Nepal News Portal
Shadow

काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज भदौ ११ गते


काठमाडौं । काठमाडौंमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकहरुले भदौ ११ गतेदेखि दोस्रो डोज पाउने भएका छन् ।

यसअघि स्वास्थ्य कार्यालय काठमाडौंले भदौ ९ गते (आज) देखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा परेको हुँदा कार्यतालिका फरक भएको हो ।

भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड लिएर जानुपर्ने छ ।

भदौ ४ गतेदेखि भेरोसेलको पहिलो डोज लगाउन सुरु भएको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्