Friday, November 8Nepal News Portal
Shadow

नेपालबाट ५६ मेगावाट विद्युत् भारत निर्यात


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात हुने बिजुलीको मात्रा घटाएको छ भने निर्यात बढाउन थालेको छ ।

प्राधिकरणको भार प्रेषण शाखाका अनुसार भदौ ७ गते सोमवार नेपालले भारतमा ५६ मेगावाट बिजुली निर्यात गरेको छ । त्यही दिन जम्मा २३ मेगावाट आयात भएको थियो । आज ५० मेगावाट निर्यात भइरहेको छ भने ३३ मेगावाट आयात भइरहेको छ ।

नेपालले २०७५ सालदेखि इनर्जी बैंकिङमार्फत भारतमा बिजुली पठाउन थालेकोमा यो अहिलेसम्मकै धेरै परिमाणको निर्यात भएको प्राधिकरणले जनाएको छ । यसअघि गएको असारसम्म पनि भारतबाट अधिकतम दुई सय मेगावाटसम्म बिजुली आयात भएकोमा अहिले आयात २३ मेगावाटसम्ममा झरेको हो ।

अहिले विद्युत् प्राधिकरण तथा सहायक कम्पनीबाट आठ सय ५९ मेगावाट र निजी क्षेत्रले चार सय ८३ मेगावाट गरी नेपालमा १३ सय ६५ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्