Monday, May 20Nepal News Portal
Shadow

संघीय सरकारी खर्च १३ प्रतिशतले बढ्यो, पूँजीगत खर्च भने १८ प्रतिशत खट्यो


काठमाडौं, ३० कात्तिक (ससं) । चालु आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा संघीय सरकारी खर्च १३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा २ खर्ब १ अर्ब ८ करोड रुपैयाँ संघीय सरकारी खर्च भएको हो । गत वर्षको सोही अवधिमा संघीय सरकारी खर्चतर्फ १ खर्ब ७८ करोड रुपैयाँ मात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

कुल खर्चमध्ये चालु खर्च १ खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भएको छ भने पूँजीगत खर्च १५ अर्ब ५ करोड रुपैयाँ भएको छ । त्यसैगरी वित्तीय व्यवस्थातर्फ ३ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ ।

तर, संघीय पूँजीगत खर्च भने १८.१ प्रतिशतले घटेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण विकास निर्माणका कार्यहरु निरन्तर सञ्चालन हुन नसक्दा पूँजीगत खर्चमा सुधार हुन नसकेको मन्त्रालयले आकलन छ ।

समीक्षा अवधिमा चालु खर्च १६.५ प्रतिशत वृद्धि भएको छ । वित्तीय व्यवस्थापतर्फ १८.४ प्रतिशत वृद्धि भएको छ ।

Total Page Visits: 597 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्