काठमाडौं । नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको सदस्य पदबाट चन्द्र ढकालले राजिनामा दिएका छन् । ढकालले महासंघ अध्यक्ष शेखर गोल्छालाई कार्यव्यस्तताको कारण देखाउँदै धितोपत्र बोर्डको सञ्चालकमा बस्न नसक्ने जानकारी गराएका हुन् ।
ढकाल नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष, ग्लोबल आईएमई बैंक तथा चन्द्रागिरि हिल्सका अध्यक्षसमेत हुन् ।
यसअघि नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र साउदले छानबिनमा सघाउन भन्दै पदबाट राजीनामा दिइसकेका छन् ।