Saturday, December 2Nepal News Portal
Shadow

मौसमको प्रतिकुलताका बीच नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान कार्यक्रम आयोजना


 

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका वडा नं. २१ नगर समितिले २१ वडास्थित लगन टोलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर गरेको आह्वानलाई सार्थक तुल्याउँन नगर समितिका अध्यक्ष सुमितदास रञ्जितकारको सभापतित्वमा शनिबार उक्त रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख अतिथि रहेका थिए ।

साथै रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका वडान नं. २० नगर समितिका अध्यक्ष राम रञ्जित र काठमाडौं महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष उदय चूडामणि बज्राचार्यको पनि उपस्थिति रहेको थियो ।

मौसमको प्रतिकुलता र सर्वत्र कोरोना भ्याक्सिन चलिरहेको अवस्थाका बावजुत पनि ११ जना स्वयंसेवी रक्तदाताहरूबाट रक्तदान गराउन सफल भएको आयोजकले जनाएको छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष कर्माचार्यले रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा पत्र वितरण गरेका थिए ।

Total Page Visits: 684 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्