Wednesday, September 18Nepal News Portal
Shadow

अन्तिम कारोबार दिन नेप्से परिसूचक ५० अंकले घटेर बन्द


काठमाडौं। गत कारोबार झिनो अंकले बढेको बजार साताको अन्तिम कारोबार दिन बिहीबार (आज) उच्च अंकले घटेर बन्द भएको छ । परिसूचक ५०.२८ अंकले घटेरसँगै २९२६.७४ विन्दुमा रोकिएको हो ।

आज २९७६.१८ विन्दुबाट बजार खुलेको थियो । आज २३० वटा कम्पनीको १ करोड ८१ लाख ९ हजार कित्ता शेयर ९ अर्ब ५० करोड ५९ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आजबाट कारोबारमा आएको सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । सानिमा लाईफको शेयर मूल्य ३३९ रुपैयाँ कायम भएको छ । त्यस्तै मनकामना स्मार्टको शेयर मूल्य ५०३ रुपैयाँ कायम भएको छ ।

आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ६.८७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ६.४८ प्रतिशत, अरुण कावेली पावर लिमिटेडको शेयर मूल्य पनि ६.०९ प्रतिशतले घटेको छ ।

आज सर्वाधिक मूल्यको शेयर कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ५७ करोड ४० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

कारोबारमा आएको १२ वटै समूहको परिसूचक घटेको छ । आज वएधिक परिसूचक घट्नेमा फाइनान्स समूह रहेको छ । यो समूहको परिसूचक ३.६८ व्रतिशतले घटेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्