काठमाडौं । भदौ १९ गते शनिबार १० बजेदेखि १२ बजेसम्म आटीजीएस प्रणाली खुला रहने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका अनुसार “विकास ऋणपत्र २०८५ ‘ङ’” को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली खुला रहने भएको हो ।
राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र गत फागुन १८ गते बोलकबोल गरेको हो । ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ । त्यस्तै व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने आर्जित ब्याजमा ब्याजकर लाग्नेछ।