Sunday, May 19Nepal News Portal
Shadow

अभियान लघुवित्तको स्वतन्त्र सञ्चालकमा केशव थापा नियुक्त



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा केशव थापा नियुक्त भएका छन् । शनिबार बसेको सञ्चालक समितिको बैठकले थापालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । अभियान लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीका अनुसार थापालाई संस्थाका अध्यक्ष बाबुराम थापाले शनिबार नै सपथ ग्रहण गराएका छन् ।

थापा नेपाल राष्ट्र बैंकको निर्देशकबाट अवकास प्राप्त हुन् । काभ्रेको पनौति घर भएका थापाले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने उनी विभिन्न क्याम्पसहरुमा आध्यापन पेशामा कार्यरत छन् ।

Total Page Visits: 783 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्