Sunday, December 3Nepal News Portal
Shadow

रक्तदान गर्न प्रोत्साहन गर्ने गीत ‘अठार वर्ष पैतालिस किलो,रक्तदान गर्न नगरौं ढिलो’ सार्वजनिक


काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान जागरण गीत लोकार्पण गरेको छ । आइतबार बागबजारस्थित होटल हार्दिकको सभामा ‘अठार वर्ष पैतालिस किलो,रक्तदान गर्न नगरौं ढिलो’ बोलको गीत सार्वजनिक गरेको हो । आमन्त्रितहरूको स्वागत गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका वडा नम्बर २० नगर समितिद्वारा तयार परिएको नेस्वरस स्वयंसेवी ज्याकेटको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले लोकार्पण गर्दै स्वयंसेवीहरूलाई पहिरहन दिएका थिए ।

आमन्त्रितहरू सबैको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक,डा। रूणा झा अतिथिहरूमा क्रमशः नेपाल रेडक्रस सोसाइटीका पूर्व महामन्त्री देवरत्न धाख्वा,रिलायन्स फाइनान लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र स्वास्थ्य सेवा बिभाग नेपाल रेडक्रस सोसाइटीकी निर्देशक डा। मनिता राजकर्णिकार रहनु भएको सो कार्यक्रममा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
रक्तदान गर्नुहुने सम्पूर्ण स्वयंसेवी रक्तदाताहरूलाई विशेष अतिथि,अतिथिहरू एवं कार्यक्रमका सभापति स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले प्रशंसा–पत्र बितरण गरेका थिए ।

लोकार्पण गरिने गीतको धुनलाई संगीत संयोजन गर्नुहुने मनोहर सुनामद्वारा सेक्सोफोन मार्फत बजाई कार्यक्रमको शुभारम्भ गरिएको उक्त कार्यक्रममा संगीतकार तथा गायक यमन श्रेष्ठ र गायिका निशा देसारले गाएर सुनाएका थिए ।

गीत यस्तो थियो
अठार बर्ष पैंतालीस किलो
रक्तदान गर्न नगरौँ ढिलो
खुशीका साथ शुभारम्भ गरौँ
जीवन रक्षार्थ रक्तदान गरौँ !

भन्न सकिन्न, कुन बेला कसलाई
चाहिन सक्छ रगत हामी जो कसैलाई
हाम्रो रगतले बच्छ कसैको ज्यान
रक्तदानलाई बनाऔँ आफ्नो अभियान
चाहिनेलाई दिंदै जाउँ
सक्ने सबले गर्दै जाउँ
रक्तदान,रक्तदान,रक्तदान गरौँ १

रक्तदान नै जीवनदान हो
जीवन बचाउनु हाम्रो काम हो
शुभकार्यमा ढिला नगरौँ
जाऊँ साथी आजै,अहिलै रक्तदान गरौँ
चाहिनेलाई दिंदै जाउँ
सक्ने सबले गर्दै जाउँ
रक्तदान,रक्तदान,रक्तदान गरौँ १
शब्दको गीत ट्रयाकमा प्रत्यक्ष गाएर लोकार्पण गरिएको थियो ।  उक्त कार्यक्रममा रक्तदान पनि गरिएको थियो ।

Total Page Visits: 1026 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्